
काठमाडौं, पुस ३ । वित्तीय क्षेत्र र पुँजीबजारमा देखिएको समस्याको अध्ययन गर्न गठन गरिएको समितिले बुधबार अर्थमन्त्रीलाई प्रतिवेदन बुझाउने भएको छ ।
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराम श्रेष्ठको संयोजकत्वमा गठित समितिले मंगलबारसम्ममा प्रतिवेदन तयार पारी बुधबार बुझाउने तयारी गरिरहेको समिति सदस्य राधा पोखरेलले जानकारी दिइन् ।
सेयर लगानीकर्ताको माग समेटेर सम्भवतः बुधबारसम्म अर्थमन्त्रीलाई बुझाउने तयारी भइरहेको पोखरेलले जानकारी दिइन् ।
पुँजीबजारको विस्तार र विकासका लागि अर्थमन्त्री, गभर्नरलगायतको राजीनामाको माग गर्दै केही लगानीकर्ताहरु अहिलेपनि नेपाल स्टक एक्सचेन्जको कार्यालय मूलगेटमा आमरण अनशन बसिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्