पुँजी बजार ४ अंकले ओरालो लाग्यो • Image Khabar Image Khabar


पुँजी बजार ४ अंकले ओरालो लाग्यो


Imagekhabar
९ पुष २०७४, आईतवार १६:५६

पुँजी बजार ४ अंकले ओरालो लाग्यो

वित्त समूह झिनो अंकले हरियो रह्यो भने कारोबार भएको अरु सबै समूह रातो रहे । बीमा समूह सबैभन्दा उच्च ३६ अंकले तल झर्‍यो ।

विकास बैंक समूह १७ अंकले, उत्पादनमूलक १३ अंकले, होटल १२ अंकले र अन्य ८ अंकले ओरालो लाग्यो । बाँकी समूह सामान्य अंकले ऋणात्मक रहे ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १६१ कम्पनीको १४ लाख ५७ हजार कित्ता शेयर ५५ करोड ९५ लाख रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्