अन्तर्राष्ट्रिय बजार पछ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको भाउ तोलामा ३ सय रुपैयाँले उकालो लागेर ५४ हजार ९ सयमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार सुन तोलाको ५४ हजार ६ सयमा कारोबार भएको थियो ।
चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर ७ सय ३० मा कारोबार भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आईतबार साँझसम्म सुन प्रतिऔंस १२ सय ७८ डलर हाराहारीमा कारोबार भइरहेको थियो ।









प्रतिक्रिया दिनुहोस्