आइतबार राजधानीमा पत्रकार सम्मेलन गरि आर्थिक ज्ञान प्रदान गर्ने उद्देश्यले बचत योजनासहित एप सार्वजनिक गरिएको जनाइएको हो ।
‘आइएम एमबिए’ बचत योजना निम्न आय भएका समूहलाई बचत तथा लगानीमा आकर्षण गर्ने उद्देश्यले ल्याइएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले बताए ।
यस्तै ‘आइएम एमबिए एप’ले प्रत्येक नागरिकलाई वित्तीय ज्ञान प्रदान गर्ने गुडविल फाइनान्सले जनाएको छ । एपमा ८ प्रकारका फिचर रहेको जनाइएको छ । कार्यक्रममा ‘सेभिङ फर इनकम’ नामक पुस्तक पनि विमोचन गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्