Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


ऐन–नियम परिवर्तन गरेपछि देशमा विकासको गतिले तिव्रता पाउँछ : दाहाल


0
Shares

चितवन उद्योग संघले आइतबार चितवन प्रदर्शनी केन्द्र भरतपुरमा गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले ऐनको व्यवस्थाहरु सुधार गर्दै आयात निर्यात सम्बन्धी राष्ट्रहित विपरीतका कानुनहरुलाई परिवर्तन गर्न सकिए आउने पाँच वर्ष भित्रमा केही आर्थिक क्रान्तिका नयाँ मोडेलहरु राष्ट्रका लागि राख्न सकिने विश्वास व्यक्त गरे ।

उनले पब्लिक प्राईभेट पार्टनसिप मोडल प्रभावकारी देखिएको भन्दै अब यसरी नै देशको आर्थिक विकास गर्नका लागि एक भएर अघि बढ्नुपर्ने बताए ।

विगतका जस्तो कमजोर सरकार अब नबन्ने भन्दै अब बन्ने सरकारले देश परिवर्तनको झल्को दिने उनले बताए । सरकारले भनेपछि लागू हुने खालको अवस्था रहने उनको भनाइ थियो ।

निजी क्षेत्रका व्यवसायीहरुसँग धेरै नै अन्तरक्रिया हुन आवश्यक रहेको भन्दै उनले त्यसबाट प्राप्त सुझावलाई अब बन्ने सरकारले गम्भिरताका साथ लिने बताए ।

यसअघि गृहजिल्लाको हिसाबमा चितवनमा आफूले गरेको सहयोग टोकनको रुपमा मात्र रहेको भन्दै उनले अब जनप्रतिनिधिको हैसियतमा विकासका लहर ल्याउने बताए । उनले राष्ट्रिय राजधानी, आर्थिक राजधानी र प्रादेशिक राजधानीको रुपमा जहिल्यै पनि चितवन चर्चामा रहेको भन्दै विकासका नयाँ मोडल राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा विकास गर्ने सम्भावना भएको जिल्लाको रुपमा चितवन रहेको बताए ।

कार्यक्रममा प्रदेश सांसद र प्रतिनिधि सभाका सांसदयहरुलाई चितवन उद्योग संघका अध्यक्ष भिमबहादुर पाण्डेले मायाको चिनो प्रदान गर्दै बधाई ज्ञापन गरेका थिए ।

कार्यक्रममा उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, प्रदेश सभा सदस्य विजय सुवेदी, चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।