महोत्सव आयोजक रेष्टुरेन्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) पोखराले आइतबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा ९५ प्रतिशत तयारी पुरा भईसकेको जनाएको हो । आन्तरिक एवं बाह्य पर्यटक लक्षित सडक महोत्सवले नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन गर्दै आएको रेवानले जनाएको छ ।
महोत्सव पोखराको शहिद चोकदेखि खहरे–डिहिकोपाटनसम्मको साढे ३ किलोमिटर क्षेत्रमा आयोजना हुनेछ ।
पोखरा सडक महोत्सव छुट्टै ब्राण्ड बनिसकेको र त्यसले नेपालको पर्यटनका विषयमा अन्तर्राष्ट्रियस्तरमा समेत व्यापक प्रचार पाएको रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङले बताए । सडक महोत्सवमा सातवटै प्रदेशका विभिन्न सांस्कृतिक प्रस्तुती हुने उनले जानकारी दिए ।
महोत्सवमा भारत, चीन, कोरिया, जापानका सांस्कृतिक समूहको पनि सहभागिता रहने जनाइएको छ ।
५ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा ७० प्रतिशत आन्तरिक र ३० प्रतिशत बाह्य पर्यटक रहने रेवान पोखराका निवर्तमान अध्यक्ष गोपी भट्टराईले बताए ।
महोत्सवमा ४ नम्बर प्रदेशका सबै जिल्लाका कृषि उत्पादन पनि राखिने जनाइएको छ । पोखरा सडक महोत्सव पुस १३ देखि सुरु हुनेछ ।









प्रतिक्रिया दिनुहोस्