२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


तमोर नदीमाथिको मोटरेवल पुल निर्माणको काम पुनः सुरु


0
Shares

विभिन्न कारण देखाउँदै आठ वर्षदेखि निर्माण हुन नसकेको मोटरेबल पुलको काम मंसिर अन्तिम साताबाट सुरु भएको हो ।

तमोर करिडोरको उत्तरी ढोका मानिएको पुल फागुन मसान्तसम्ममा सक्ने गरी काम थालिएको तमोर करिडोर आयोजनाका प्रमुख कुबेर नेपालीले जानकारी दिए ।

खोलाको वहाव घटेकाले अहिले दु्रत गतिमा काम भइरहेकाले यस पटक भने बहाव बढ्नु अघिनै निर्माण सक्ने तयारी भइरहेको उनको भनाइ छ ।

१० करोड रुपैयाँको लागतमा निर्माण गर्ने गरी २०६६ सालमा कन्काई, मैनाचुली र याक्थुङ्हाङ गरी तीन वटा कम्पनीले सडक डिभिजन कार्यालय इलामसँग सम्झौता गरेका थिए ।

तर ठेकेदारले सम्झौता अनुसार काम नगर्दा पुल निर्माण नभई अलपत्र परेको थियो ।

दुई वर्ष अघि निर्माण कार्यले केही गति लिए पनि तमोर नदीमा आएको बाढीले निर्माणाधीन पुलका सबै सामग्री बगाएपछि निर्माण कार्य पुनः रोकिएको थियो ।