Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


संक्रमणकाल अन्त्य गर्नु नै सरकारको सफलता : प्रधानमन्त्री


0
Shares

चितवनको सौराहामा आयोजित १४औं चितवन हात्ती महोत्सवको मंगलबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सत्तामा रहेपनि नरहेपनि देश र जनताको पक्षमा कांग्रेस सधैं रहिरहने बताए ।

उनले पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको अंगकोरुपमा लिनुपर्नेमा जोड दिए । हात्ती महोत्सवले समग्र देशलाई नै अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्न सहयोग गर्ने विश्वास पनि व्यक्त गरे ।

प्रधानमन्त्री देउवाले नारायणगढ–मुग्लिन सडकखन्ड अहिलेसम्म पनि नबन्दा आफू दुखित भएको भन्दै छिट्टो निर्माण गर्न निर्माण कम्पनीहरुलाई निर्देशनसमेत दिए ।

कार्यक्रममा बोल्दै शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारीले सौराहालाई सुरक्षित बनाउन तटबन्धको जरुरी रहेको औंल्याए ।

यस्तै, क्षेत्रीय होटल संघ चितवन, सौराहाका अध्यक्ष सुमन घिमिरेले नारायणगढ–मुग्लिन सडकखन्ड छिट्टो निर्माण गर्न आग्रह गरे ।

सो अवसरमा वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठसहित विभिन्न संरक्षणकर्मीहरुलाई सम्मानित गरिएको थियो ।

उद्घाटन समारोहअघि विभिन्न जातजातिको संस्कृति झल्कने झाँकीसहितको र्‍याली निकालिएको थियो ।