Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


रानीपोखरीमा उपमेयरले लगाएको ताला मेयरले तोडे


0
Shares

पुनःनिर्माणमा आधुनिक प्रविधि अपनाइएको विवाद उठिरहेको बेला मंगलबार बिहान उपमेयर हरिप्रभा खड्गीको टोलीले रानीपोखरीको मूलगेटमा तालाबन्दी गरेकोमा दिउँसो मेयर विद्यासुन्दर शाक्यको टोलीले ताला तोडेको हो ।

बिहान सम्पदाविद्हरुसहित रानीपोखरीको अवलोकनमा पुगेकी उपमेयर खड्गीले पुनःनिर्माण रोक्न निर्देशन दिँदै ताला लगाएकी थिइन् ।

मंगलबारै दिउँसो रानीपोखरी पुगेका मेयर शाक्यको टोलीले नगर प्रहरी लगाएर ताला तोडेको हो ।