Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


सुदूरपश्चिम महोत्सवमा ‘१५ करोडभन्दा बढीको कारोबार’


0
Shares

धनगढीमा मंसिर २९ गतेदेखि पुस १० गतेसम्म हुने भनिएको महोत्सव दर्शकहरुको मागका कारण एक दिन थप गरेर मंगलबार समापन गरिएको हो ।

महोत्सवमा १५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको र करिब ५ लाख दर्शकले अवलोकन गरेको कैलाली उद्योग वाणिज्य संघका कोषाध्यक्ष पुष्पराज कुँवरले बताए ।

उनले महोत्सव आयोजनाले महोत्सवभित्रकोमात्रै नभएर समग्र क्षेत्रको आर्थिक कारोबारमा वृद्धि भएको बताए । एअरलाइन्स, होटल तथा अरु क्षेत्रमा महोत्सवका कारण व्यापार बढेको उनले बताए ।

अघिल्ला वर्षहरुमा मंसिर २२ देखि पुस २ गतेसम्म हुँदै आएको महोत्सव यो वर्ष निर्वाचनका कारण केही ढिलो गरी सुरु भएको थियो ।