बजार परिसूचक नेप्से २० अंकले ओरालो लागेर १४ सय ४७ विन्दुमा आएर थामियो । अन्य समूहबाहेक कारोबार भएका सबै समूह रातो रहे ।
बिमा समूह सबैभन्दा उच्च १ सय ३८ अंकले ओरालो लाग्यो । विकास बैंक र जलविद्युत् समूह ३६/३६ अंकले तल झरे । यस्तै, लघुवित्त समूह ३२ अंकले, उत्पादनमूलक समूह ३० अंकले र होटल समूह पनि २३ अंकले ओरालो लागे ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १५९ कम्पनीका १० लाख ३८ हजार कित्ता सेयर ५४ करोड ३ लाख रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्