Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


सुनको मूल्य तोलामा १०० ले वृद्धि, चाँदीको स्थीर


0
Shares

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेर तोलाको ५५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुनको मूल्य तोलाको ५४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

मंगलबार चाँदीको भाउ भने स्थीर रहेर तोलाको ७३० रुपैयाँमै कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार साँझसम्म सुन प्रतिऔंस १२ सय ८२ डलर हाराहारीमा कारोबार भएको थियो ।