Logo १५ आश्विन २०८३, बिहिबार | Thu Oct 1 2026


नेप्से २१ अंकले झर्‍यो


0
Shares

उतार–चढावबीच बजार परिसूचक नेप्से २१ अंकले झरेर १४ सय २५ मा आएर थामियो । सुरुमा तीव्ररुपमा झरेर मध्याह्नमा सुधारिएको नेप्से पुनः ओरालो लागेको हो ।

उत्पादनमूलकबाहेक अरु कारोबार भएका सबै समूह ओरालो लागे । बिमा समूह सबैभन्दा उच्च १३६ अंकले झर्‍यो । जलविद्युत्, विकास बैंक, लघुवित्त, अन्य र वाणिज्य बैंक समूहमा दोहोरो अंकको गिरावट आयो । अरु समूह सामान्य अंकले ऋणात्मक रहे ।

यसदिन कारोबार परिमाणमा भने सुधार आयो ।

यसदिन नेपाल स्टक एक्सचेन्जमा १५६ कम्पनीका १३ लाख ६८ हजार कित्ता सेयर ७६ करोड ५८ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।