
प्राधिकरण स्थापनाको अवसर पारेर बुधबार राजधानीमा गरिएको कार्यक्रममा आगामी दिनमा पुनःनिर्माणलाई तीव्रता दिने दाबी पनि गरियो ।
भूकम्पबाट प्रभावित निजी, सार्वजनिक एवं पुरातात्विक महत्वका भवनहरुको पुनःनिर्माणको काम गर्दै आएको प्राधिकरणको कामको गति सुस्त भएको भन्दै भूकम्पपीडितहरुले भने गुनासो गर्दै आएका छन् ।
प्राधिकरणले भने दुई वर्षमा उत्साहजनकरुपमा काम भएको दाबी गरेको छ ।
भूकम्पप्रभावित ३१ जिल्लामा पुनःनिर्माण सम्पन्न भएका र हाल निर्माणाधिन निजी घर, सरकारी भवन, शैक्षिक संस्था, साँस्कृतिक सम्पदा, स्वास्थ्य संस्था र खानेपानी प्रणालीको तथ्यांक हेर्दा निराश हुनुपर्ने अवस्था नरहेको प्राधिकरणले जनाएको छ ।
दुई वर्षको अवधिमा ४६ प्रतिशत निजी आवास, ५० प्रतिशत शैक्षिक संस्था, ४८ प्रतिशत स्वास्थ्य संस्था पुनःनिर्माण सम्पन्न भएको जनाइएको छ ।
यस्तै, ५८ प्रतिशत खानेपानी, ३७ प्रतिशत सार्वजनिक भवन, ४८ प्रतिशत सुरक्षा र ५२ प्रतिशत पुरातात्विक भवन निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।
हालसम्म ७१ अर्ब ५२ करोड रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ । यसमध्ये ४२ अर्ब सरकारले खर्च गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्