Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


भारतबाट क्लिंकर नआउँदा नेपालका १० सिमेन्ट उद्योग प्रभावित


0
Shares

आयात खुलाउन वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा क्लिंकर बोकेको रेल्वे र्‍याक ल्याउन दुई देशका अधिकारीहरुको बैठकमा कुनै निर्णय हुन सकेको छैन ।

नेपालका लागि आयात गरिने कच्चा पदार्थ लोड अनलोडका लागि प्रयोग हुँदै आएको रेल्वे स्टेशनको यार्डमा क्लिंकरकै कारण प्रदूषण फैलिएको भन्दै स्थानीयले विरोध गरेपछि भारतीय रेल्वेले डिसेम्बर २२ मा वीरगन्जस्थित सुक्खा बन्दरगाहमा क्लिंकर अनलोड गर्ने एकपक्षीय निर्णय गरेको थियो ।

यस विषयमा छलफल गर्न तथा सुक्खा बन्दरगाहमा क्लिंकर लोड अनलोडको व्यवस्था लगायतका विषयमा मंगलबार बोलाइएको बैठकमा दुवै देशका प्रतिनिधिहरुबाट समाधानको कुनै विकल्प निस्कन सकेन । –कान्तिपुर दैनिकबाट