जलविहार गर्नका लागि विभिन्न सुविधासहितको फन पार्क निर्माणका लागि १० करोड रुपैयाँभन्दा बढी खर्च हुँदैछ ।
त्रिनगर भन्सार नजिकै पुरानो भन्सार रोडमा झण्डै अढाई विगाह क्षेत्रफलमा फनपार्कको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो । डेढ वर्षदेखि निर्माण कार्य भईरहेको फन पार्कमा जलविहारको आनन्द लिने विभिन्न प्रकारका साधनहरु, निर्माणको अन्तिम चरणमा पुगेका छन् । धेरै साधनहरु निर्माण सम्पन्न भईसकेका छन् भने कपितय साधन निर्माणाधीन अवस्थामा छन् ।
आउँदो नयाँ वर्षदेखि फनपार्क सञ्चालनको तयारीमा लागेको संचालक श्याम विष्टले बताए ।
उसु खेलाडी श्याम विष्टको सकृयतामा यहाँ पर्न पार्क निर्माणको काम शुरु गरिएको हो । उनलाई यसमा अन्य तीन जनाले सहयोग गरेका छन । स्वीमिङ पुलसहित वेव पुल, किड्स पुल, मल्ट्रील्याण्ड स्लाईड, ट्युवलाईट स्लाईड, पेन्डुलम, म्युजिकल फनटेन, व्रेक डान्स लगायतका जलविहारमा आनन्द लिन सकिने सेवाहरु राखिएका छन् ।
सुदुरपश्चिममा यसको राम्रो सम्भावना देखेर यसमा लगानी गर्न हौसिएको र यसले नारामा स्थापित भएको सुन्दर पश्चिमलाई व्यवहारमा उतार्ने प्रयास गरेको अर्का सञ्चालक धर्मपाल सिंह रावत बताउँछन् ।
धनगढीमा आउने पर्यटकहरुलाई, रमाउनका लागि आवश्यक स्थान नभएपछि निर्माण कार्य सुरु गरिएको फनपार्कले आन्तरिक पर्यटकहरुलाई सबैभन्दा वढी राहत हुनेछ भने छेउमै रहेका भारतीय सीमावर्ती बजारका पर्यटकहरुलाई पनि आकर्षित गर्नेरावत बताउँछन् ।
फनपार्क निर्माणमा स्थानीय स्तरबाट गरिएको करौडौं लगानीले स्थानीय वासिन्दालाई राहत हुनुका साथै धनगढीको आर्थिक समृद्धि गर्न पनि मदत्त पुग्ने वडा नम्वर २ का स्थानीय रामदत्त भट्टले बताए ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्









प्रतिक्रिया दिनुहोस्