
म्यानमारमा रोहिंग्या मुस्लिम समुदायका बारेमा निरन्तर समाचार संकलन गरिरहेका उनीहरुलाई गलत समाचार सम्प्रेषण गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो ।
रोहिंग्या मुस्लिमहरुको समर्थनमा र सरकारको विरुद्धमा समाचार सम्प्रेषण गरिएको आरोप उनीहरुमाथि लगाइएको छ । यता, रोयटर्सले भने पक्राउ परेका आफ्ना दुवै संवाददातालाई तत्काल रिहा गर्न माग गरेको छ ।
यद्यपी म्यानमार सरकारले भने भ्रामक समाचार सम्प्रेषण गरी जातीय दंगा फैलाउन सहयोग गरेको आरोप लागेकाले रिहा गर्न नमिल्ने जनाएको छ । उनीहरुमाथि लागेको आरोप प्रमाणित भए १४ वर्षसम्मको जेल सजायँ हुनेछ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्