
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँले उकालो लागेर तोलाको ५५ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सुनको मूल्य बुधबार पनि तोलामा ३०० रुपैयाँले नै उकालो लागेर तोलाको ५५ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर तोलाको ७४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा विहीबार साँझसम्म सुन प्रतिऔंस १२ सय ९४ डलर हाराहारीमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्