Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


२२ सय विघा क्षेत्रमा दमकमा औद्योगिक पार्क बन्ने, चिनियाँ टोलीले गर्‍यो अवलोकन


0
Shares

सोमबार नेपाल आएको नौ सदस्यीय टोलीले निर्माणस्थलको अनुगमन गरेको हो ।

ल्हासाको आर्थिक तथा प्राविधिक विकास क्षेत्रका कार्यकारी समितिका उपसचिव लिउ रुपेङको नेतृत्वमा आएको अध्ययन टोलीले स्थानीय तहका प्रमुख र राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको छ । २२ सय विघा क्षेत्रफलमा निर्माण हुन लागेको औद्योगिक पार्कका लागि प्रारम्भिक सम्झौता भइसकेको दमक नगरपालिकाले जनाएको छ ।

करीब तीन सय अर्ब रुपैयाँ लगानीमा बनाइने पार्कका लागि जग्गा अधिग्रहणको काम थालिएको दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले बताए ।