हिउँद लागेसँगै घट्यो विद्युत उत्पादन • Image Khabar Image Khabar


हिउँद लागेसँगै घट्यो विद्युत उत्पादन


Imagekhabar
१४ पुष २०७४, शुक्रबार १०:५१

हिउँद लागेसँगै घट्यो विद्युत उत्पादन

वर्षातमा ७२ मेगावाटसम्म उत्पादन हुने मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रबाट अहिले दैनिक औसत ४५ मेगावाट मात्रै उत्पादन भइरहेको छ ।

केन्द्रको एउटामात्रै टर्बाइन सञ्चालन गरिएको छ । मर्स्याङ्दी नदीमा यसपटक चाँडै पानी घटेको आयोजनाले जनाएको छ ।

मध्य हिउँदमा गत वर्षको तुलनामा उत्पादन अझ घट्नसक्ने अधिकारीहरु बताउँछन् ।

५० मेगावाटको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनामा पनि पानीको संकट देखिएको छ । आयोजनाका जनसम्पर्क प्रमुख कर्ण अधिकारीले नदी सुकाएर पुरै पानी विद्युत् निकाल्न प्रयोग गरिएको जानकारी दिए ।

जिल्लामा रहेका साना आयोजनाको पनि विद्युत् उत्पादन घटेको छ । ठाडो खोलामा निर्मित आयोजनाको विद्युत् उत्पादन बढी घटेको हो । ५ मेगावाटको सिउरी जलविद्युत, ४ दशमलव ४ मेगावाटको राँधी जलविद्युत, ४ मेगावाटको खुदी जलविद्युत, ३ मेगावाटको मिदिमखोला (करापु) जलविद्युत, २ मेगावाटको छन्दीखोला जलविद्युत र १ सय ८३ किलोवाटको स्याँगे लघु जलविद्युत् आयोजनाको उत्पादन हिउँद लागेसँगै घटेको छ ।

१ सय किलोवाटको मिदिमखोला लघु जलविद्युत् आयोजनाबाट उत्पादन नै भएको छैन । लमजुङका सबै आयोजनाबाट उत्पादित १ सय ३८ दशमलव ५ सय ८३ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिए पनि गएका वर्षहरुमा समेत हिउँदमा आधा पनि विद्युत् उत्पादन हुन नसकेको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस्