Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


जाडो बढेसँगै फस्टायो सिरक–डस्नाको ब्यापार


0
Shares

व्यापार बढ्ेपछि ताप्लेजुङका व्यापारीलाई दिनहुँ नयाँ तथा पुराना सिरक–डस्ना बनाउन भ्याइ नभ्याई छ । डस्नाका लागि पुराना फाटेका थोत्रा कपडालाई मेशिनमा पेलेर कपास बनाउने तथा सिरकका लागि नेपालमै उत्पादित कपास प्रयोग गरिएको छ । केही कपास भने भारतबाट पनि ल्याइन्छ ।

एक जोर डस्ना र सिरक खोलसहित १ हजारदेखि ४ हजार रुपैयाँसम्ममा बनाउने गरेको व्यापारी बताउँछन् । कुनै समय समयमा देशका विभिन्न ठाउँ र भारतसम्मबाट आयात गर्नुपर्ने सिरक एवं डस्ना अहिले व्यापारीले घर घरमै बिक्री गर्न थालेका हुन् ।