लोकमार्ग विस्तारको काम सुस्त गतिमा • Image Khabar Image Khabar


लोकमार्ग विस्तारको काम सुस्त गतिमा


Imagekhabar
१४ पुष २०७४, शुक्रबार ११:२९

लोकमार्ग विस्तारको काम सुस्त गतिमा

६ लेनमा विस्तार गरिने सडकको काममा विभिन्न कारण देखाउँदै ठेकेदारले ढिलो गरेको हो । अहिलेसम्म जम्मा ३२ प्रतिशतमात्र काम सकिएको सडकको काम २०७० साल असारबाट थालिएको हो ।

कोशी राजमार्गअन्तर्गत विराटनगरको रानीदेखि धरानसम्मको दुई लेनको ४९ किलोमिटर सडकलाई ६ लेन बनाइने छ । आर्थिक वर्ष ०७५/०७६ सम्ममा सडकको काम सकाउनु पर्ने भएपनि त्यो गतिमा काम नभएको रानी विराटनगर–इटहरी–धरान सडकखण्ड व्यापारिक मार्ग विस्तार आयोजना कार्यालयले जनाएको छ ।

बजेट समयमा नआउँदा कामले तिब्रता नपाएको दावी गरिएको छ । विराटनगरदेखि सुनसरीको धरानसम्मको ४९ किलोमिटर सडक ६ लेनमा विस्तार गर्न सरकारले १० अर्ब ५८ करोडमा ठेक्का लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्