३० असार २०८२, सोमबार | Tue Jul 15 2025


घुससहित पक्राउ परेका प्राधिकरणका कर्मचारीविरुद्ध मुद्दा


0
Shares

आयोगले केही दिन पहिले रु २५ हजार घुससहित कार्यालय परिसरबाटै पक्राउ परेका नेपाल विद्युत् प्राधिकरण पोखरा वितरण केन्द्रका इलेक्ट्रिकल फोरमेन इश्वरप्रसाद सुवेदीविरुद्ध विशेष अदालतमा शुक्रबार मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता पद्यप्रसाद पाण्डेयका अनुसार सुवेदीलाई मिटर जडान गर्ने कामका लागि विभिन्न बहानामा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा प्राधिकरणको वितरण केन्द्र मालेपाटनबाट नियन्त्रणमा लिइएको थियो ।

अभियुक्त सुवेदीमाथि बिगो असुल गरी कैद सजायको माग गरिएको आयोगले जनाएको छ । रासस