२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अवैध मेडिकलबाट लागु औषधको कारोवार गर्ने भारतीय नागरिक पक्राउ


0
Shares

लम्कीचुहा नगरपालीका वडा नम्वर ९ खमरिया मेडिकल पसल राखेर लागु औषधको रुपमा प्रयोग हुने औषधी विक्री वितरण गर्दै आएका भारतको लखीमपुर जिल्लाको तिकुनियाका ३४ वर्षीय छत्रपाललाई पक्राउ गरिएको हो ।

मेडिकल सञ्चालनको नाममा अवैध लागु औषध विक्री वितरण हुने गरेको सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले मेडीकल पसलमा खान तलासी गर्दा लागु औषधको रुपमा प्रयोग गरिने प्रतिबन्धित तथा विशेषज्ञ डाक्टरको निगरानीम विरामीलाई खुवाईने औषधी ट्रमाडोल, डिसाईक्लोमाईन, एभिल, सेटिराजिन लगायतका अवैध औषधी तथा नेपालमा दर्ता नभएका विक्री वितरण गर्न नमिल्ने अवैध भारतीय कम्पनीका प्रतिवन्धित ३ वोरा औषधी वरामद गरेको हो ।

प्रारम्भिक अनुसनन्धानबाट पक्राउ गरेका छत्रपालले मेडिकल दर्ता नगरेको, मेडिकलसँग सम्बन्धी कुनै शैक्षिक योग्यता हासिल नगरेको, चर्को मुल्य लिएर लागु औषध बिक्री वितरण गर्ने र प्रतिबन्धित भारतीय औषधी भन्सार छली ल्याएर विक्री वितरण गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।

झण्डै ६० हजार मुल्यका तीन वोरा लागु औषध रुपमा प्रयोग गरिने औषधी वरामद गरिएसँगै उनलाई लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार कैलाली जिल्ला अदालतवाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालयमा राखिएको छ भने औषधी व्यवस्था विभाग संग समन्वय गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वीरवहादुर वुढामगरले जानकारी दिए ।