पुरुषतर्फ आर्मी, महिलातर्फ सशस्त्र प्रहरी च्याम्पियन • Image Khabar Image Khabar


पुरुषतर्फ आर्मी, महिलातर्फ सशस्त्र प्रहरी च्याम्पियन


Imagekhabar
१५ पुष २०७४, शनिबार १८:३६

पुरुषतर्फ आर्मी, महिलातर्फ सशस्त्र प्रहरी च्याम्पियन

२१औं महिला भलिबलको उपाधि भने सशस्त्र प्रहरीको एपीएफ क्लबले जित्यो ।

उपाधिसँगै आर्मी र सशस्त्रले ५०/५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । पुरुषतर्फ दोस्रो भएको सशस्त्र र महिलातर्फ दोस्रो भएको मध्यमाञ्चलले ३०/३० रुपैयाँमा चित्त बुझाए ।

पोखरा रंगशालामा भएको फाइनल खेलमा पुरुषतर्फ आर्मीले सशस्त्रलाई २५–१२, २५–२३ र २५–१५ को सोझो सेटमा हरायो ।

महिलातर्फ सशस्त्रले मध्यमाञ्चललाई २५–१८, २५–१४ र २५–१० को सोझो सेटमा पराजित गर्‍यो ।

प्रतियोगितामा पुरुषतर्फ आयोजक पश्चिमाञ्चल र महिलातर्फ नेपाल पुलिस क्लब तेस्रो भए । तेस्रो भएका दुवै टिमले २०/२० हजार रुपैयाँ पाए ।

पुरुषतर्फ आर्मीका मानबहादुर श्रेष्ठ र महिलातर्फ सशस्त्र प्रहरीकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले १०/१० हजार रुपैयाँ जिते ।

प्रतिक्रिया दिनुहोस्