घरासयी विवादमा चिर्पटले हानेर श्रीमानको हत्या • Image Khabar Image Khabar


घरासयी विवादमा चिर्पटले हानेर श्रीमानको हत्या


Imagekhabar
१६ पुष २०७४, आईतवार १५:१४

घरासयी विवादमा चिर्पटले हानेर श्रीमानको हत्या

चिर्पटले टाउकामा प्रहार गरी श्रीमतीले आफ्ना श्रीमानको हत्या गरेको आरोप लगाइएको छ । ६५ वर्षीया हीरादेवी श्रेष्ठले ६८ वर्षीय श्रीमान् केयरमानलाई शनिबार बेलुकी घरझगडाका क्रममा चिर्पट हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।

अभियुक्त हीरादेवीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएको प्रहरी उपरीक्षक प्रकाश अधिकारीले बताए ।

प्रहरीसमक्ष हीरादेवीले श्रीमानको हत्या गरेको स्वीकार गरिसकेकी छन् । ‘घरायसी झगडाका क्रममा चिर्पट प्रहारबाट केयरमानको हत्या भएको देखिन्छ,’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘घटनाबारे थप अनुसन्धान भइरहेको छ । शव परीक्षणका लागि गोरखा अस्पताल ल्याइएको छ । (रासस)

प्रतिक्रिया दिनुहोस्