 
	    मन्दिरको छानामा रहने तामाको पातामा १८ किलोग्राम सुनकासुनको जलप लगाउने कार्य सुरु गरिएको बताउँदै मनकामना मन्दिर जीर्णोद्धार समितिका सचिव प्रेमकुमार श्रेष्ठले पुरातत्व विभागको मापदन्डअनुसार नै धेरै वर्षसम्म टिक्ने गरी जलप लगाउने कार्य आरम्भ गरिएको बताए ।
श्रेष्ठले भने, ‘एक तोला सुनले तीन स्वायर तामाको पातामा जलप लगाउनुपर्छ भन्ने पुरातत्व विभागको मापदन्डअनुसार नै जलप लगाएका छौँ ।’ पाटनदेखि आएका १२ जना कालीगढ तामाको पातामा सुनको जलप लगाउन व्यस्त छन् ।
समितिले साढे सात किलोग्राम सुन खरिद गरिसकेको छ । जलप दीर्घकालीन रुपमा टिकाइराख्ने हो भने कम्तीमा १८ किलोग्राम सुन आवश्यक पर्ने समितिको अनुमान छ । तामाको पातामा लगाएको सुनको जलप कम्तीमा एकसय वर्ष पहेँलो रहन्छ । पानीले नबिगार्ने उक्त जलप परेवाको विष्टीले भने बिगार्ने बताइन्छ ।
श्रेष्ठले भने, ‘अहिलेसम्म १३ ओटा तामाको पातामा सुनको जलप लगाइसकेका छौँ । सुन तथा जलप लगाएका पाताहरु सुरक्षित तवरले भन्डारण गरिएको छ ।’ मन्दिरको छानो चार हजार स्क्वायरफिट रहेको छ । मन्दिरलाई आवश्यक पर्ने पाता काठमाडौंका सुन्दरकृष्ण शाहीले दान दिएका हुन् ।
मन्दिर पुनःनिर्माण गर्दा अहिलेसम्म रु आठ करोड खर्च भइसकेको छ । मन्दिर जीर्णोद्धार समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठका अनुसार मन्दिर पुनःनिर्माणमा चाहिने रु १ लाख २५ हजार ओटा इँटा काठमाडौंका हिराकाजी महर्जनले दान गरेका थिए ।
टिम्बर कर्पोरेशनबाट समयमै काठ उपलब्ध हुन नसक्दा र तीन ओटा तहको निर्वाचनले गर्दा मन्दिर पुनःनिर्माणको काममा केही ढिलाइ भएको स्वीकार गर्दै अध्यक्ष श्रेष्ठले आउँदो साउनभित्रमा मन्दिर पुनःनिर्माणको कार्य सम्पन्न गरिने बताए ।
मन्दिर पुनःनिर्माणका लागि नेपाल सरकारले आव २०६७/६८ मा दिएको रु एक करोडमध्ये रु ५६ लाखले सुन खरिद गरेको समितिले रु ४४ करोडले काठ खरिद गरेको थियो । यस्तै, आव २०६९÷७० मा सरकारले दिएको रु तीन करोडले सात किलोग्राम सुन खरिद गरेको सचिव श्रेष्ठको भनाइ छ ।
श्रेष्ठले भने, ‘सरकारले हामीलाई जिन्सी दिएको हो । नगद हामीले भक्तजनबाट पनि संकलन गर्यौँ । अहिलेसम्म करिब रु छ करोड संकलन भइसकेको छ ।’
२४ क्यारेटको सुन पारोमा मिसाएर तामाको पातामा लगाइन्छ । मन्दिरको पुनःनिर्माणका लागि बजेट करिब पुग्ने बताउँदै समितिले मन्दिर छेउको पर्खाल जगैदेखि भत्काएर बनाउनुपर्ने अवस्था रहेको जनाएको छ । रासस


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्