कीर्तिमानी म्यानचेष्टर सिटीलाई जितको शृङ्खलामा पूर्णविराम, हारबाट भने जोगियो « Image Khabar


कीर्तिमानी म्यानचेष्टर सिटीलाई जितको शृङ्खलामा पूर्णविराम, हारबाट भने जोगियो


Imagekhabar
१७ पुष २०७४, सोमबार ०७:४०

गएराती भएको खेलमा क्रिष्टल प्यालेससँग गोलरहित बराबरी खेलेपछि म्यान्चेस्टर सिटीको १८ खेल लामो लगातार जितको शृङ्खला रोकिएको हो ।

खेलको ईन्जुरी समयमा क्रिष्टल प्यालेसले पाएको पेनाल्टी अवसरलाई सिटीका गोलरक्षक एडर्सनले विफल पारेपछि म्यान सिटी हारबाट भने जोगिएको थियो ।

जारी लिगको एकमात्र अपराजित टोली म्यान सिटीले अहिलेसम्म खेलेका २१ खेलमध्ये २ वटामा बराबरी गरेको छ भने बाँकी १९ खेल जितेको छ ।

प्रिमियर लिग फुटबलमा गएराति आनर्सनललाई वेष्ट ब्रोमले १÷१ गोलको बराबरीमा रोकेको छ । वेष्ट ब्रोमका जेम्स म्याक्क्लीनले आत्माघाति गोल गरेपछि आर्सनलले अग्रता लिएको थियो ।

तर अन्तिम मिनेटमा पाएको पेनाल्टीलाई वेष्ट ब्रोमका जे रोड्रिग्वेजले गोलमा बदलेपछि खेल बराबरीमा सकिएको हो ।

प्रिमियर लिगमा २१ खेलबाट ५९ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहेको छ ।

समान खेलबाट ४५ अंकसहित चेल्सी दोस्रो स्थानमा छ भने ४४ अंक जोडेको म्यान्चेष्टर युनाइटेड तेस्रो स्थानमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्