
ट्राफिक प्रहरीले अंग्रेजी नयाँ वर्षको अवसरमा मादक पदार्थ सेवन गर्नेहरु बढ्न सक्ने भन्दै राति विभिन्न चोकमा चेकिङ गरेको थियो ।
अन्य दिनको तुलनामा न्यू इयर इभमा दोब्बरभन्दा पनि बढी चालक मापसे कारवाहीमा परेका छन् । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार राजधानीका विभिन्न चोकमा गरिएको चेकजाँचका क्रममा २८४ चालकलाई मादक पदार्थ सेवन गरेर सवारी चलाइएको अवस्थामा फेला पारी कारवाही गरिएको छ ।
मापसे कारवाहीमा शनिबार १०६ जना परेका थिए भने शुक्रबार ९० जनालाई कारवाही गरिएको थियो । तर आइतबार भने २८४ जना कारवाहीमा परेका छन् ।
आइतबार विभिन्न कसुरमा एक हजार ६ सय ७५ चालक कारवाहीमा परेका छन् ।
प्रतिक्रिया दिनुहोस्