
आयोगका अनुसार सामाजिक परिचालक गुरुङले गाउँ–नगर साझेदारी कार्यक्रमको रु दुई लाख १२ हजार ५४७ रकम कार्यालयमा दाखिला नगरी अपचलन गरेको अनुसन्धानबाट पत्ता लागेको छ ।
आयोगले बिगो असुल गरी हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको जनाएको छ ।
यस्तै, आयोगले सोमबार नेपाल विद्युत् प्राधिकरण काभ्रेपलान्चोक पाँचखालका सुपरभाइजर दिनेश थापालाई रु २५ हजार घुस लिँदालिँदै कार्यालय परिसरबाटै पक्राउ गरेको छ ।
विद्युत् पोल विस्तारका क्रममा सेवाग्राहीसँग घुस माग्दामाग्दै सुपरभाइजर थापालाई पक्राउ गरिएको आयोगले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्