
काठमाडौं, पुस १ । संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशम्शेर जबराको सुनुवाई प्रक्रिया सुरु गरेको छ ।
सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधीशमा सिफारिस जबराविरुद्ध उजुरी दिन आहृवान गरेको छ । उजुरीका लागि सोमबारबाट १० दिनसम्म समय दिइएको छ ।
समितिका सभापति लक्ष्मणलाल कर्णले उजुरीकर्ताको उजुरीउपर छलफल गरेपछि प्रधानन्यायाधीशमा सिफारिस जबरासँग सुनुवाई हुने बताए ।
गत बिहीबार बसेको संवैधानिक परिषदको बैठकले जबरालाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको थियो । समितिले जबराको सुनुवाइ चित्त बुझे प्रधानन्यायाधीशमा उनको नाम अनुमोदन गर्नेछ ।
संवैधानिक परिषदको सिफारिसलाई संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछिमात्र राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्