
गत वर्षको तुलनामा यो वर्ष सुन्तलाको उत्पादनमा ३० प्रतिशतले कमी आएको जिल्ला कृषि विकास कार्यालय धनकुटाले जनाएको छ ।
अघिल्लो वर्ष जिल्लामा ५ सय ५५ सय हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट ४४ सय ४ मेक्ट्रिकटन सुन्तला उत्पादन भएको थियो ।
उत्पादन घटेसँगै मूल्य भने बढेको छ । यहाँ सुन्तला प्रतिकिलो ७० रुपैयाँदेखि १०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ ।
चिचिला लाग्ने समयमा खडेरी, चिचिला लागेपछि असिना–पानी तथा रोग–किराको प्रकोपले गर्दा उत्पादन घटेको सो कार्यालयले जनाएको छ ।
धनकुटाको खोकु छिन्ताङ, धनकुटा नगरपालिका राजारानी, मौनबुधुकलगायतका स्थानमा व्यावसायिक सुन्तलाको खेती हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्