काठमाडौं । आज तिजको दिन शेयर बजारमा भने हरियाली छाएको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.५५ अंकले बढेको छ । आज नेप्से ०.९९ प्रतिशतले बढेर परिसूचक २५८५ विन्दुमा पुगेको छ ।
आज नेप्से बढ्दा ४ अर्ब ६८ करोड ८६ लाख ८२ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख ९५ हजार ६५४ कित्ता शेयर कारोबार भएको छ ।
बजार बन्द हुँदा २२६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ४७ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । २ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
बजार बन्द हुँदा ३३६ वटा कम्पनीको शेयर ४९ हजार ७४ पटक कारोबार भएको छ ।









प्रतिक्रिया दिनुहोस्