
तीन सय भन्दा बढी हलिवुड अभिनेत्री, लेखिका तथा निर्देशकले यौनजन्य हिंसा विरुद्ध लड्न ‘टाइम्स अप’ अभियान सुरु गरेका हुन् ।
न्युर्योक टाइम्स पत्रिकामा विज्ञापन प्रकाशित गरेर हलिउडका महिलाले यो अभियान सुरु गरेका हुन् ।
मनोरञ्जन उद्योगका महिलाबाट सुरु भएको परिवर्तनको लहर अरु क्षेत्रमा काम गर्ने महिलालाई पनि एकीकृत गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो ।
सन् २०१७ मा हलिवुड चलचित्र निर्माता हार्वी वाइन्स्टिनमाथि विभिन्न अभिनेत्रीहरुले यौनदुव्र्यवहारको आरोप लगाएपछि यौनहिंसा विरुद्ध बोल्ने बाहिर आउने क्रम सुरु भएको छ ।
त्यसको परिणाम स्वरुप अहिले हलिउड मात्रै नभएर टेलिभिजन तथा खेलकुद क्षेत्रका महिला पनि यौनहिंसा विरुद्ध बोल्न थालेका छन् ।
नाटाली पोर्टम्यान, रीसे विदरस्पुन, केट ब्लान्चेट, इभा लङ्गोरिया, एम्मा स्टोनसहितका अभिनेत्रीको साथ रहेको ‘टाइम्स अप’ अभियानले यौनहिंसामा परेका सबै क्षेत्रका महिलालाई सहयोग गर्ने उद्देश्य लिएको छ ।
अभियानले डेढ करोड डलरको कोष बनाउने लक्ष्य राखेको छ । अहिलेसम्म १ करोड ३० लाख डलर संकलन भइसकेको छ । यौनहिंसामा परेकाहरुको कानुनी उपचारमा सहयोग गर्ने अभियानले जनाएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्