
अंग्रेजी नयाँ बर्षसंगै नेपाली साँगीतिक क्षेत्रमा नयाँ प्रतिभाशाली ‘फुच्चे गायक’ को आगमन भएसँगै प्रतिभाका लागि उमेर वाधक नहुने प्रष्ट भएको हो ।
अस्ट्रियामा बसोबास गर्दै आएको १२ बर्षीय निप्पोन लामाले अंग्रेजी नयाँ बर्षको उपलक्षमा नेपाली गीत ‘हे गर्ल’ सार्वजनिक गरेका छन् । कलिलो उमेरका निप्पोनको स्वरले खुबै तारिफ समेत कमाइरहेको छ ।
निकै नै परिपक्व आवाजमा ‘फुच्चे गायक’ निप्पोनको गीत कुनै पनि ब्यबसायिक गायकको भन्दा कम सुनिदैन र उनको प्रस्तुति पनि उत्तिकै निखारिएको झैं लाग्छ ।
निप्पोनको ‘हे गर्ल’लाई संगीतकार राहुल प्रधानले म्युजिक भिडियोमा उतारेका छन् ।
राहुल प्रधानकै म्युजिक एरेन्जमेन्ट रहेको यस गीतलाई भने शेखर च्यान लामाले लेखेका हुन् ।
निप्पोन यस गीतका गीतकार तथा चर्चित गायक शेखर च्यान लामाको छोरा हुन् ।
फोटो पत्रकार नबिन बाबु गुरुङले छायांकन गरेको यस म्युजिक भिडियोमा लानी तामाङ लगायतको अभिनय रहेको छ ।
सुप्रिम पराजुलीले सम्पादन गरेको यस म्युजिक भिडियोलाई जिनियस डिजिटलले बजारमा ल्याएको हो ।
प्रतिक्रिया दिनुहोस्