
वनमा तस्करी भइरहेको सूचनाका आधारमा त्यहाँ पुगेका सुरक्षाकर्मी र तस्करहरुबीच दोहोरो गोली हानाहान भएको सेक्टर वन कार्यालय पिपराका प्रमुख सुवासचन्द्र दासले जानकारी दिए ।
लालमटिया वनका सदस्यहरुले तस्करीबारे सेक्टर वन पिपरालाई जानकारी गराएपछि वनरक्षक, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा वन उपाभोक्ताहरुको संयुक्त टोली वनमा पुगेको थियो । टोली पुग्नासाथ तस्करहरुको समूहले फायरिङ गरेको जनाइएको छ ।
सुरक्षाकर्मी र तस्करबीच १० पटकसम्म दोहोरो फायरिङ भएको थियो । त्यसपछि पक्राउ पर्ने डरले तस्करहरु मोटरसाइकल छाडेर भागेको दासले बताए ।
साथै, आफूहरुले ३० दशमलव १३ क्युफिट गोलिया काठ र ८ ओटा मोटरसाइकल बरामद गरेको उनले जानकारी दिए ।
तस्करहरुको खोजी जारी रहेको र पक्राउ गरेर कारबाही अगाडि बढाउने दासले बताए ।
बरामद गरिएका मोटरसाइकलमा लु२९प ३९६०, लु२५प ६९८९, लु९प १५१, लु२४प ६७९, लु१२प १२९५, लु२७प ७३९१, लु१४प २३३ र लु२८प ७०८१ नम्बरका रहेका छन् ।
सो वनले १३७.१७ हेक्टर क्षेत्रफल ओगटेको छ ।
प्रतिक्रिया दिनुहोस्