अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीलाई राष्ट्रिय मान्यता दिन अस्वीकार • Image Khabar Image Khabar


अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीलाई राष्ट्रिय मान्यता दिन अस्वीकार


Imagekhabar
१८ पुष २०७४, मंगलवार १९:५०

अन्तर्राष्ट्रिय मान्यताप्राप्त ओलम्पिक कमिटीलाई राष्ट्रिय मान्यता दिन अस्वीकार

न्यायाधीश दीपकराज जोशी र डम्बरबहादुर शाहीको संयुक्त इजलासले मंगलबार जीवनराम श्रेष्ठले नेतृत्व गरेको अन्तर्राष्ट्रिय मान्यताप्राप्त कमिटीलाई राष्ट्रिय मान्यता दिन अस्वीकार गरेको हो ।

अन्तर्राष्ट्रियस्तरमा आफूले मान्यताप्राप्त गरेको हुनाले आफ्नो कमिटीले नेपालमा पनि मान्यता पाउनुपर्ने माग गर्दै अध्यक्ष श्रेष्ठले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

सो मुद्दाको सुनुवाइपछि अदालतले मान्यता दिन अस्वीकार गर्दै सो मुद्दा नै खारेज गरेको छ ।

अदालतले यसअघि नै रुक्मशमशेर राणाले नेतृत्व गरेको ओलम्पिक कमिटीलाई राष्ट्रिय मान्यता दिने फैसला सुनाएको थियो । त्यसकाविरुद्धमा श्रेष्ठ अदालतमा गएका थिए । रासस

प्रतिक्रिया दिनुहोस्