आन्दोलनकारीविरुद्ध कडा जरिवाना गर्ने इरान न्यायालयको चेतावनी • Image Khabar Image Khabar


आन्दोलनकारीविरुद्ध कडा जरिवाना गर्ने इरान न्यायालयको चेतावनी


Imagekhabar
१८ पुष २०७४, मंगलवार २०:५१

आन्दोलनकारीविरुद्ध कडा जरिवाना गर्ने इरान न्यायालयको चेतावनी

इरानीको तास्निम न्यूज एजेन्सीले न्यायालयलाई उद्धृत गर्दै आन्दोलनका क्रममा हिंसात्मक गतिविधिलाई प्रोत्साहन गरेको पाइएमा कडा कारबाही गरिने चेतावनी दिएको जनाएको छ ।

गृहमन्त्रालयद्वारा हिंसात्मक गतिविधिलाई वढावा दिन भेला नहुन गरिएको आदेशपछि ठूलो संख्यामा प्रदर्शनकारी पक्राउ भएका छन् । पक्राउ परेका आन्दोलनकारीले हिंसात्मक गतिविधि गरेको पुष्टि भएमा उनीहरूले कडा सजाय भोग्नुपर्छ, तेहरानको क्रान्तिकारी न्यायालयका मौसा कजानफरावादीलाई उद्धृत गर्दै तास्निमले उल्लेख गरेको छ ।

इरानमा भइरहेको प्रदर्शनका क्रममा मृत्यु हुनेहरूको संख्या विगत पाँच दिनमा २२ पुगेको छ । राष्ट्रपति हसन रौहानीले भने कानून मिच्ने र विद्रोह गर्नेलाई इरानी जनताले कडा प्रतिवाद गर्ने बताएका छन् ।

मूल्यवृद्धिका विरुद्धमा गरिएको भनिएको सो प्रदर्शन हिंसात्मक हँुदै गएपछि हालसम्म सयौँ प्रदर्शनकारी पक्राउ परेका छन् । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस्