ललितपुरमा ब्रम्हायणी मन्दिरको ऐतिहासिक मूर्ति चोरी • Image Khabar Image Khabar


ललितपुरमा ब्रम्हायणी मन्दिरको ऐतिहासिक मूर्ति चोरी


Imagekhabar
१९ पुष २०७४, बुधबार ११:०५

ललितपुरमा ब्रम्हायणी मन्दिरको ऐतिहासिक मूर्ति चोरी

मन्दिर नजिकै रहेको सत्तलमा राखिएको ब्रम्हायणीको मूर्ति गएराति चोरी भएको प्रहरी वृत्त चापागाउँले जनाएको छ ।

२०७२ सालको भूकम्पले मन्दिरमा क्षति पुर्‍याएपछि ब्रम्हायणीको मूर्ति नजिकैको सत्तलमा राखिएको थियो ।

पित्तलबाट बनेको डेढ फिट अग्लो सो मूर्तिमा सुनको जलप लगाइएको थियो ।

आज बिहान मन्दिरमा पूजा गर्न पुगेकाहरुले मूर्ति नदेखेपछि प्रहरीलाई खबर गरेका थिए ।

यसअघि पनि सो मूर्ति तीन पटक चोरी भएको थियो ।

प्रहरीले हराएको मूर्तिको खोजी भइरहेको र सिसिटिभीका आधारमा अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्