रोजगारीको शिलशिलामा देशबाहिर रहेका बैतडीका युवाहरुले प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थल पत्ताल भुमेश्वर क्षेत्रको विकास तथा सम्वर्धनका लागी सामाजिक सञ्जालवाट मार्फत रु २ लाख बढी रकम समेत संकलन गरेका छन् ।
सुर्नया गाँउपालिका–२ मा रहेको नेपालकैै गहिरो पत्तालभुमेश्वर गुफा रहेको तथा धार्मिक तथा पर्यटकिय क्षेत्रको संरक्षण तथा प्रसारप्रसारका लागी मलेसिया, कतार तथा भारतमा रहेका युवाहरुले गत मंसिर १५ गतेदेखि पत्ताल भुमेश्वर युवा जागरण मञ्च प्रवासको अनलाईन अभियान नाम दिएर उक्त रकम संकलन गरेका हुन् ।
उक्त अभियानका सह कोषाध्यक्ष बीर वहादुर विष्टका अनुसार हालसम्म २ लाख २ हजार ५८ रुपैंया संकलन भएको छ ।
उक्त संकलित रकमले पत्ताल भुमेश्वरको प्रवेशद्वारमा मुलगेट र अन्य विकासका लागी लागी खर्च गरिने छ उनले भने“ प्रवेशद्वारमा मुलगेट निर्माण कार्य बिहवारदेखि थालिने भएको छ ।”
धार्मिक तथा पर्यटकिय क्षेत्रको विकासका लागी फेसबुक ,सामजिक सञ्जाल तथा अनलाईन अभियानमा सहयोग गर्न सबैमा अनुरोध समेत गरेको छ ।
पत्ताल भुमेश्वर क्षेत्रको विकास गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर पर्यटकिय हव बनाउन हामी जुटेका छौ उनले भने “रोजगारीको लागी प्रवासमा रहेको भएपनि आफ्नो गाउँठाउँको विकासका लागी तथा सामाजिक कार्य गर्न हाम्रो अनलाईन अभियान जारी रहनेछ ।”
यसका साथै प्रवासमा रहेका सवै नेपाली जागरुक तथा एकरुपता हुन उक्त अनलाईन अभियान सञ्चालन गरेको जनाएको छ ।
प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थलको सम्वन्धित निकायले संरक्षण, विकास, प्रवर्धन तथा प्रचारप्रसार गर्न स्थानिय तह तथा सम्वन्धित निकायले खासै पहल नगर्दा प्रवासमा रहेका युवाहरु एकजुट भएका हुन् ।







प्रतिक्रिया दिनुहोस्