सशस्त्र र आर्मी राष्ट्रिय महिला लिग फुटबलको सुपर लिगमा • Image Khabar Image Khabar


सशस्त्र र आर्मी राष्ट्रिय महिला लिग फुटबलको सुपर लिगमा


Imagekhabar
१९ पुष २०७४, बुधबार १९:३५

सशस्त्र र आर्मी राष्ट्रिय महिला लिग फुटबलको सुपर लिगमा

बुधबार सातदोबाटोस्थित एन्फा कम्लेक्सको खेल मैदानमा भएको खेलमा सशस्त्रले मध्यमाञ्चल विकास क्षेत्रलाई १४–० ले पराजित गर्‍यो ।

सशस्त्रको जितमा सावित्रा भण्डारी एक्लैले ८ गोल गरिन् । सावित्राले यसअघि भएको पहिलो खेलमा मध्यपश्चिमाञ्चल विकास क्षेत्रविरुद्ध १२ गोल गरेकी थिइन् ।

त्यसैगरी, रेखा पौडेल र अनिता केसीले समान २/२ तथा रेनुका नगरकोटी र अनिता बस्नेतले समान १/१ गोल गरे ।

बुधबारै भएको अर्को खेलमा आर्मीले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई १२–० ले पराजित गर्दै सुपर लिगमा ठाउँ बनाएको हो ।

आर्मीका लागि सपना लामा र शर्मिला थापा मगरले समान ४/४ तथा दीपा राई र कृष्णा खत्रीले २/२ गोल गरे ।

जारी प्रतियोगितामा विभागीय टिम नै हावी हुँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्