२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


त्रिवेणी कपको उपाधि बेसीसहर युथले जित्यो


0
Shares

बिहीबार बेसीसहरको सहजी रंगशालामा भएको फाइनल खेलमा आयोजक त्रिवेणी युवा क्लबलाई ‘टाइब्रेकर’मा ३–२ ले पराजित गर्दै बेसीसहर युथले उपाधि चुमेको हो ।

खेलको निधारित् र थप समयमा पनि दुवै तर्फबाट कुनै गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

उपाधिसँगै बेसीसहर युथले नगद तीन लाख रुपैयाँ पुरस्कार पायो । उपविजेजा त्रिवेणी युवा क्लबले १ लाख ५० हजारमा चित्त बुझायो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी त्रिवेणीका गोलरक्षक आकाश रानाभाट चुनिए ।

बेसीसहर युथका गोलरक्षक विमल थापा उत्कृष्ट गोलरक्षक घोषित हुँदा अनुशासित टिम अन्नपूर्ण युवा क्लब बन्यो ।

सर्वोकृष्ट खेलाडीलाई १५ हजार र अनुशासित टिमलाई १० हजार रुपैयाँ पुरस्कार दिइयो ।

विजेता टिमलाई जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्य र आयोजक त्रिवेणी युवा क्लबका अध्यक्ष छविन्द्र गुरुङले संयुक्तरुपमा पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा विभिन्न जिल्लाका २३ टिमले सहभागिता जनाएका थिए ।