१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


कृष्ण थापाद्वारा एन्फाको अध्यक्षमा उम्मेदवारी दिने घोषणा


0
Shares

तीन महिनापछि हुने एन्फाको निर्वाचनका लागि थापाले हिजो पोखराबाट उम्मेदवारी घोषणा गरेका हुन् ।

एन्फाको प्राविधिक निर्देशकको समेत अनुभव बटुलिसकेका थापाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को वरिष्ठ फुटबल प्रशिक्षकबाट दुई वर्षअघि अवकास पाएका थिए ।

सन् १९८४ मा काठमाडौंमा भएको पहिलो दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक विजेता फुटबल टोलीका सदस्य समेत रहेका थापाले फुटबल विकासका लागि सातवटै प्रदेशमा फुटवल एकेडेमी आवश्यक रहेको बताएका छन् ।

अहिल एन्फाको जिल्ला संघहरुको निर्वाचन चलिरहेको छ । एन्फाले पुस ५ देखि माघ ५ गते भित्र निर्वाचन सक्न जिल्ला संघहरुलाई निर्देशन दिएको थियो ।

१७ सदस्यीय कार्यसमितिका लागि चैत १४ गते एन्फाको निर्वाचन हुँदैछ ।