
प्रतियोगिताको आयोजक धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी खेलाडी दर्ता सुरु गरेको जनाएको हो ।
पहिलो संस्करणदेखि नै बोल कबोल (अक्सन)बाट खेलाडी छनोट गरिएको डीपीएल क्रिकेटको दोस्रो संस्करणमा पनि ६ टोलीले अक्सनबाटै खेलाडी खरिद गर्नेछन् ।
प्रतियोगिताका लागि बिहीबारै ई–सेवासँग प्रायोजन सम्झौता पनि सम्पन्न भएको छ ।
विजय डिस्टिलरीको रुस्लानले मुख्य प्रायोजन गर्ने योपटकको डीपीएल क्रिकेट चैत दोस्रो सातादेखि सुदूरपश्चिमको धनगढीमा आयोजना हुनेछ ।
यसअघि, माघ ५ गतेदेखि गर्ने तय गरिएको प्रतियोगिता नेपाली राष्ट्रिय क्रिकेट टोलीको खेल तालिकाका कारण सार्नुपरेको हो ।
नेपाली टोलीले आगामी फेब्रुअरीमा नामिबियामा हुने विश्व क्रिकेट लिग डिभिजन-२ मा प्रतिस्पर्धा गर्दैछ । उक्त प्रतियोगिताको शीर्ष दुईभित्र पर्नसके मार्चमा जिम्बाब्वेमा हुने विश्वकप छनोटमा सहभागिता जाउनुपर्ने हुन्छ ।
यही खेल तालिकालाई मध्यनजर गर्दै डीपीएलको खेल तालिका मिलाइएको आयोजक डीसीएका अध्यक्ष सुवास शाहीले जानकारी दिए ।
डीपीएल क्रिकेटमा पहिलो संस्करणमा सहभागिता जनाएका ६ ओटा टोलीले नै दोस्रो संस्करणमा पनि सहभागिता जनाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्