Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


दन्तरोग विशेषज्ञहरुको राष्ट्रिय सम्मेलन हुने


0
Shares

यही पुस २८ र २९ गते हुने सो सम्मेलनमा नेपाल, भारत, बंगलादेश, अमेरिका, अष्ट्रेलिया, जर्मनी, स्विटजरल्यान्ड र हङकङका दन्तरोग विशेषज्ञले इम्प्लान्ट, नक्कली दाँत, आँखा, कान, गिँजा, तार बाँध्ने उपचारलगायतका विषयमा शोधपत्र प्रस्तुत गर्ने आयोजकले जनाएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी २०० भन्दाबढी दन्तरोग विशेषज्ञको सहभागिता हुने सो सम्मेलनमा स्नातकोत्तरमा अध्ययनरत दन्त चिकित्सकले प्रतियोगितात्मक पोष्टर तथा शोधपत्रसमेत प्रस्तुत गर्ने सम्मेलन प्रचारप्रसार प्रमुख तथा दन्तरोग विशेषज्ञ डा.प्रकाश बुढाथोकीले जानकारी दिए ।

सम्मेलनमा व्यापार प्रदर्शनीसमेत हुने बताइएको छ । रासस