२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


दलित दम्पत्तीको घाँटीमा छुरा प्रहार, अवस्था चिन्ताजनक


0
Shares

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले छुरा प्रहारबाट दलित दम्पत्ती गम्भीर घाईते भएको जनाएको छ । प्रहरी निरीक्षक उमाकान्त जोशीले घाईते दुवैको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि अन्यन्त्र रेफर गरिएको बताए ।

उपचारका लागि सेती अञ्चल अस्पताल पुगेका दुवै जनालाई सेती अस्पताललेसमेत रेफर गरेको आफन्तले जनाएका छन् ।

कञ्चनपुर प्रहरीका अनुसार श्रीमान श्रीमतीबीच झगडा हो या अन्य कुनै व्यक्तिले हतियार प्रहार गरेको हो भन्नेबारे अनुसन्धान भईरहेको जनाएको छ । ‘घटनाबारे जानकारी आएलगत्तै प्रहरी घटनास्थलमा पुगेको छ,’ प्रहरी निरीक्षक जोशीले भने, ‘घटनाबारे थप अनुसन्धान भईरहेको छ ।’

लुहार दाम्पत्तीका दुई छोरा रोजगारीका लागि भारतमा छन् भने १४ बर्षीय छोरी विमला लुहार घरमै छिन् ।

विमलाले बिहान छिमेकीलाई भनेपछि घटना बाहिर आएको हो । आर्थिक रुपमा विपन्न दलित दम्पत्तीको उपचारका लागि बेदकोट नगरपालिकाले १५ हजार आर्थिक सहयोग समेत गरेको छ ।

स्थानीयले घटनाको सत्यतथ्य छानविन गरेर दोषी उपर कारवाहीको माग गरेका छन् ।