
सरकारले गुणस्तरीय स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले थालेको स्वास्थ्य बिमा कार्यक्रममा बैतडीमा हालसम्म ३ हजार ४२५ जना सदस्यआबद्ध भएका छन् ।
सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले वि.सं. २०७३ पुस ७ गतेदेखि सुरु गरेको कार्यक्रममा ७०१ परिवारका ३ हजार ४२५ जना स्वास्थ्य बिमामा आबद्ध भएको समितिका जिल्ला प्रबन्धक जनक साउँदले जानकारी दिए ।
स्वास्थ्य बिमा गरेकामध्ये हालसम्म ९२७ जनाले उपचार सेवा प्राप्त गरेको समितिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्