Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


५० हजार घुस लिँदालिँदै नगरपालिकाका दुई कर्मचारी पक्राउ


0
Shares

आयोगको टोलीले लमही नगरपालिकाको नक्सा पास फाँटमा कार्यरत सव ओभरसियर संगीता श्रेष्ठ र अमिन कृष्णकुमार नेपालीलाई ५० हजार घुससहित आइतबार पक्राउ गरेको हो ।

उनीहरुले घर अभिलेखन कार्यका लागि नक्सा पास गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरको टोलीले रु ५० हजार घुस लिइसकेको अवस्थामा कार्यालय अगाडिको होटलबाट पक्राउ गरेको हो ।

रकमसहित रंगेहात नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको निमित्त कार्यालय प्रमुख नारायणदत्त उपाध्यायले जानकारी दिए । रासस