३० बैशाख २०८२, मंगलबार | Tue May 13 2025


नेप्से पुनः ऋणात्मक


0
Shares

काठमाडौं, असार १४ । बुधबार सामान्य अंकले सुधारिएको सेयरबजार परिसूचक नेप्से बिहीबार पुनः ऋणात्मक रह्यो ।

यसदिन नेप्से एक अंक बराबरले ऋणात्मक रहेर ११ सय ९८ मा रोकियो । बढेर १२ सय ३ अंक पुगिसकेको नेप्से पछि घट्दै १२ सय विन्दु तल आइपुगेको हो ।

यसदिन कारोबार भएका अधिकांश समूहमा गिरावट आयो ।

होटल, विकास बैंक, बिमा, उत्पादन, अन्य र लघुवित्त समूह रातो रहे भने वाणिज्य बैंक, जलविद्युत र बित्त समूह हरियो रहे ।

यसदिन १६४ कम्पनीका ११ लाख ४८ हजार कित्ता सेयर २४ करोड २९ लाख रुपैयाँ बराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।