
हुचिलको बिक्री–वितरणमा संलग्न भएको आरोपमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले आइतबार उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दोलखा घर भइ ललितपुर, इमाडोल बस्ने जेबी राई, भक्तपुरका कमल भण्डारी र इलाम घर भइ ललितपुर, बालकुमारी बस्ने पूर्णबहादुर लिम्बू रहेका छन् ।
उनीहरुको साथबाट बरामद गरिएको हुचिल वन कार्यालयमा बुझाइसकेको प्रहरीले जनाएको छ ।
यस्तै, प्रहरीले दुर्लभ वन्यजन्तु रेडपान्डाको छालासहित आइतबार चारजनालाई पक्राउ गरेको छ ।
काठमाडौंको टोखाबाट ओखलढुंगाका उद्धव बस्नेत, विष्णुबहादुर बस्नेत, नुवाकोटका राजेन्द्र तामाङ र रामेछापका ध्रुवकुमार खत्रीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्